काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गर्नुभएको छ ।

साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । मुलुकका प्रसिद्ध उद्योगपति साःखको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित खबरहरु