काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उहाँले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताउनुभयो ।

पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उहाँले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार गर्नुभयो । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाउनुभयो ।

भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायरा बढाउने तथा अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उहाँको आरोप थियो ।

सम्बन्धित खबरहरु