काठमाडौं । देशभर कोरोना महामारी तिव्र गतिमा फैलिएसँगै सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै भौतिक रुपमा हुने पठनपाठन रोक्न अनुरोध गरेको थियो ।

सम्बन्धित खबरहरु