काठमाडौ । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका छन् ।

सम्बन्धित खबरहरु