काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेको छ । यो बीचमा नेपालमा पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ जना संक्रमित भएका हुन् । अर्कोतिर ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना संक्रमित भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७२५४ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण नेपालमा ३ हजार ९१ जनाको मृत्यु पनि भैकसको छ ।

सम्बन्धित खबरहरु