काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी, पूर्वमन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सुवालको यही वैशाख ५ गते ९३ वर्षको उमेरमा काठमाडौँको झोंछे ओमवहालस्थित आफ्नै निवासमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत सुवालको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व सुवालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ । सुवालका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

सम्बन्धित खबरहरु