काठमाडौ । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको ह’त्या ग’रे’को अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टा’उकोमा प्र’हार’ गर्दा ग’म्भीर घा’ईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

र’ड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु