मोरङ । बिराटनगर महानगरपालिका-८ बस्ने उपेन्द्र बस्नेतको ७ वर्षीय छोरा उप्लब बस्नेतको सोही ठाउँस्थित सिगिया खोलामा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

यसैगरी पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही बुटवल उपमहानगरपालिका-९ बस्ने १८ वर्षीय हेमन्त शर्माको शनिबार मृत्यु भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० मलवा बस्ने महेन्द्र कुर्मीको ९ वर्षीय छोरा आदर्श कुर्मीको घरबाट १ किमी टाढा बाणगंगा खोलामा पौडी खेल्नेक्रममा डुबेर शनिबार मृत्यु भएको छ ।

शनिबार बिहान घरबाट निस्कीएका उनी साथीहरूसँग उक्त खोलामा पौडी खेल्न गएकोमा साँझसम्म पनि घर नफर्कीएपछि खोजी गर्नेक्रममा डुबीरहेको अवस्थामा फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु