पर्सा । जगरनाथपुर गाउँपालिका-५ मधुआ बस्ने पानालाल पटेलको २ वर्षीय छोरा निपेश पटेलको ना.४ त १७०८ नम्बरको ट्याक्टरले किचेर आइतबार बिहान मृत्यु भएको छ ।

किच्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगँजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु