मोरङ । बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीय नौसाद मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु