काठमाडौं । बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत “हुन्न कसैको” भर्खरै बजारमा आएको छ ।

नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । उनि ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहदिनन् ।

फलस्वरूप यस गीतमा पनि आफ्नो जाहन परिवार छोडेर बाध्यताबस लाहुर जान परेका आम नेपालीहरुको कथा ब्यथालाई समेटिएको छ । सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यस गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ ।

“हुन्न कसैको” बोलको गीतलाई लय, शब्द तथा संगीत संयोजन गायक स्वयम् दिनेश परियारको रहेको छ । यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ ।

यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेल लगाएतको पनि यस गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ ।

भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।गीतको अडियो तथा भिडियोलाई गायिका सुनिता दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबरहरु