काठमाडौं । १८ अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । जसले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको छ ।

जेनरल म्यानेजर फाबियन मार्टिनेजले भन्नुभयो, “उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ ।

हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुज्दछौँ। त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन्। सरसफाइका मापदण्ड प्रति म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खान्छ, जस्ले गर्दा हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदैँ आएका छौँ ।

काठमाडौँ म्यारियट होटल यस्तो होटेल हो जुन महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको थियो । दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ। पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो। होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ।

यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यव्रmमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यो माइलस्टोन मनाउनका लागि काठमाडौँ मैरियट होटेलले अप्रिल २०२१ को अन्त्य सम्म मात्र नेपाली रु १२०११ विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ । प्याकेजको बारेमा अझ बढी जान्नका लागि कृपया Marriottkathmandu.com मा भिजिट गर्नुहोस ।

सम्बन्धित खबरहरु