काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अब के हुन्छ ? भन्ने मोडमा पुगेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि अब जुनसुकै बेलापनि सरकार ढल्ने अवस्था आएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार पार्टीले प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकपछि नेता श्रेष्ठले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिनुभयो । उहाँले समर्थन फिर्ता लिने भन्ने एकिन जस्तै भएको छ ।

तर कुन बेला भन्ने निर्णय चै प्रचण्ड एक्लैले लिनसक्नेगरी दिइएको छ उहाँले भन्नुभयो । संसद पुर्नस्थापनापछि सरकार निर्माणमा संसदको अंकगणित फरक बनेको छ । सर्वोच्चले तत्कालिन माओवादी र एमाले अलग गराएपछि अंकगणित फरक बनेको हो ।

माओवादीले समर्थन फिर्ता लिएको खण्डमा सरकार अल्पमतमा पर्छ । अल्पमतमा परेको खण्डमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके सरकार ढल्नेछ ।

सम्बन्धित खबरहरु