काठमाडौ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेता योगेश भट्टराई बालुवाटार जानुभएको छ । बालुवाटार पुगेर भट्टराईले ओलीसँग विशेष आग्रह गरेको स्रोतको दावी छ । उहाँले भेटमा पार्टी एकता जोगाउन विशेष पहल गरिदिन ओलीलाई आग्रह गरेको बुझिएको छ ।

भट्टराईसहित २७ सांसदलाई ओलीको हस्ताक्षरमा पार्टीको निर्णय अनुसार मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधिएको छ । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् । यो समय भट्टराई बालुवाटार पुग्नु निक्कै अर्थपूर्ण रहेको अधिकांशको बुझाई छ ।

 

सम्बन्धित खबरहरु