काठमाडौ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा वैशाख ८ गते मध्यरातबाट लकडाउन (निषेधाज्ञा) जारी गरिने भएको छ । वैशाख ८ गते मध्यरात १२ बजेदेखि वैशाख १५ राती १२ सम्म पहिलो चरणको निषेधाज्ञा जारि गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस हालका दिनमा बाँके जिल्लामा पनि तिब्र रुपमा फैलिरहेको नेपालगंञ्ज उपमहानगरपालीकामा मात्र ३७५ बढी सक्रिय संक्रमित एकै दिनमा भेटिन थालेपछी अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको र नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चेन ब्रेक गर्नका लागि लकडाउन गरिएको हो ।

लकडाउनमा प्रशासनले तोके अनुसारको सवारी साधन बाहेक सबै बन्द हुने, बैंक बित्तीयसंस्था, शैक्षिकसंस्था, उद्योग कल कारखाना, ब्यवसाय पनि संचालनमा रोक लगाईएको छ ।

अत्यावश्यक सामान (तरकारी ,दुध,खाद्य, ग्याँस) का पसलहरु बिहन ६ बजे देखी ९ बजे सम्म मात्र खुल्ला गरिने र अत्यावश्यक काम बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको छ । सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनले चेतावनी दिईएको छ ।

 

सम्बन्धित खबरहरु