काठमाडौं । नेपालमा नक्कली पीसीआर रिर्पोट बनाउनेहरुको संख्या बढ्दै गइरहेको छ । नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई नियन्त्रणमा लिएको हो ।

बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र एयर अरेबियाको उडानबाट शारजाह जान लागेका यात्रुहरुलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको विमानस्थलस्थित टर्मिनल ड्युटी कार्यालयले जानकारी दिएको छ ।

जाँच गरी बोर्डिङ पास लिइ सकेका सलाम एयरका ३२ जना, जजिरा एयरका ३६ जना र एयर अरेबियाका ५४ जना यात्रु गरी १ सय २२ जना यात्रुलाई डिपार्चर हलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा ७२ जना नेपाली, ४९ जना भारतीय र एक जना पाकिस्तानी यात्रु रहेका छन् । अर्कोतिर प्रहरीले हेल्थ डेस्कबाट ५० जना यात्रुलाई नियन्त्रणमा लिएको छ । जसमा २९ जना नेपाली, १९ जना भारतीय र २ जना पाकिस्तानीरहेका छन् ।

 

सम्बन्धित खबरहरु