काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको भर्खरै बैठक सकिएको छ । बैठकले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो ।

‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं, नेता योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता समेत गर्नुभएको थियो ।

उहाँका अनुसार पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिनेछ । बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार नै दिने निर्णय समेत गरेको छ ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ ।

तर उक्त समूहका नेताले रिट दर्ता गर्न खोज्दा अदालतले अध्ययन गरेर मात्र निर्णय लिने भन्दै दर्ता नगरी फर्किएको छ । त्यस लगत्तै नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ ।

 

सम्बन्धित खबरहरु