काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा विशेष पूजा गरेर नयाँ गजुर धरहराको टुप्पामा राखिएको छ । पुनर्निर्मित धरहरामा गजुर राखिएको हो । बुधबार ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले धराहरा क्षतिग्रस्त बनेको थियो । भत्किएको धराहरालाई संरक्षण गरेर पराम्परागत शैली झल्कने, तर आधुनिक धरहरा बनाइएको छ ।

धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । धरहरा बनिसकेपनि पार्किङ र बगैँचा लगायतको काम सकिएको छैन । यहाँ काम भइरहेको छ ।

सम्बन्धित खबरहरु