काठमाडौं । दुई टाउको भएका दुई शिशुको जन्म भएको छ । भारत, ओडिशा राज्यको मध्यपश्चिमा जिल्ला कनिगाउँमा त्यस्तो घटना घटेको हो । गत आइतबार निजी अस्पतालमा एक महिलाले दुई टाउको र तीन हात भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

कान्जुइन अस्पतालमा महिलाले जुम्ल्याहा सन्तान जन्माइन् । ती जुम्ल्याहाको स्वास्थ्यस्थिति बिग्रिएपछि कटकको शिशु भवनमा सारिएको बताइएको छ ।

यो खबर गाउँसम्म फैलिएपछि हेर्न आउनेको घुइचो लागेको छ । भगवानको जन्म भएको भन्दै स्थानीयहरु अस्पतालमा भेला भएका छन् । यद्यपी अस्पतालले सबैलाई हेर्न दिएको छैन ।

सम्बन्धित खबरहरु