काठमाडौ । सबैको मनमा बसेका युवा चिकित्सक डा. मिमाङ्ग तेम्वेको निधन भएको छ । उहाँले काठमाडौं मेडिकल कलेजबाट चिकित्सा विज्ञान पढ्नुभएको थियो ।

उहाँले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन एकेडेमीमा समेत काम गर्नुभयो । कामको दौरानमा छोटो समयमा उहाँले सबैको मन जित्नुभएको थियो ।

डा. तेम्वे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका रजिष्ट्रार प्रमिला देवानका छोरा हुनुहुन्छ । नेपाल नर्सिङ संघले डा. तेम्वेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दुखद घडिमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि समवेदना व्यक्त गरेको छ ।

 

सम्बन्धित खबरहरु