काठमाडौं । लामो समयदेखि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान् दाबी गर्दै आएकी बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट पक्राउ गरिएको हो । मुख्यमन्त्री राईलाई नानाथरी भन्दै हिडेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार (आज) थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन् । खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको जानकारी प्रहरीले दिएको छ ।

सम्बन्धित खबरहरु