काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार (आज) पनि भेटवार्ता हुने भएको छ ।

नक्सालस्थित मेरियट होटलमा दिउँसो दुई बजेपछि ‘वान टु वान’ वार्ता हुन लागेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । उहाँहरुबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

वार्तालाई सकारात्मक रुपमा लिइएको छ । निकटस्थ नेताहरूका अनुसार भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि कुनै सहमति भएको छैन । तर, भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको थियो ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु