काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि दुई नेताबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो ।

दुवैजना आ–आफ्नै अडानमा कायमै रहेको र ओलीले ‘वार्ता कायमै राखौँ’ भनेर निस्किएको जनाइएको छ । तपाईंलाई जानकारी गराउ कि ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु