काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएकी लक्ष्मी गदालले आफ्नो गल्ती स्विकार गरेकी छिन् । चर्चित अभिनेता किशोर खतिवडामाथि विभिन्न आरोप लगाउँदै आएकी लक्ष्मी गदालले माफी मागेकी हुन् ।

अभिनेता खतिवडालाई आफ्नो श्रीमान भएको दावा गर्दै आएकी गदालले आफुले अरुको बहकावमा लागेर गलत्त आरोप लगाएको भनेकी छिन् ।

एक युट्यब च्यानललाई दिएको अन्तरवार्तामा आफुले ८ लाखको लोभमा लागेर अनेक कुराहरु गरेको उनको भनाई छ । उनलाई कस्ले त्यस्तो गर्न भन्यो भन्ने कुरा चाँही उनले खुलाउन चाहेकी छैनन् ।

उनको आरोप अनुसार अभिनेता किशोर खतिवडाले भद्रकाली मन्दिरमा सिन्दुर पोते गर्ने बाचा गरेर फरार भएका थिए । तीन वर्षसम्म सम्बन्धमा रहेर तीनपटक बच्चा फालेको पनि उनले बताएकी थिइन् ।

हालै दिएको अन्तरवार्तामा उनले यदी किशोर पक्राउ पर्ने अवस्था आए आफुले ति व्यक्तिहरु (किशोरलाई फसाउन उनलाई प्रयोग गर्नेहरु) को पर्दाफास गर्ने बताएकी छिन् ।

उनले आफुमाथि किशोरले जातभातको आधारमा कुनै पनि खालको विभेद नगरेको पनि उनले बताइन् । आफु किशोरको घरको गएको लक्ष्मीले घरमा पनि त्यस्तो वातावरण नभएको भनिन् ।

अकोतिर उनी अब पनि अभिनेता खतिवडासँग विवाह गर्न चाहान्छिन् । लक्ष्मीलाई अहिले पनि किशोरको मायाले सताउँछ । तर विवाहका लागि उनी अब खतिवडालाई जबरजस्ती गर्न तयार छैनन् ।

लक्ष्मीले आफु केही महिला अधिकारकर्मीहरुको लहलहैमा लागेर फसेको बताउँछिन् । आफुलाई केही व्यक्तिहरुले मिलेर किशोरसँग १० लाख असुल्नका लागि प्रयोग गरेको उनको बुझाई रहेको छ । लक्ष्मीसँग ति अधिकारकर्मीहरुले २ लाख कमिसन मागेर ८ लाख दिने लोभ देखाएका थिए ।

सम्बन्धित खबरहरु