काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेको छ । यो बीचमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।

बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

नेपालमा कुल कोरोना संक्रमितहरुको संख्या २ लाख ९२ हजार नाघेको छ । मृतकहरुको संख्या पनि ३ हजार ११७ पुगेको छ ।

कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७६ हजार भन्दा धेरै रहेको छ । मन्त्रालयका अनुसार १२ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खबरहरु