काठमाडौं । लामो समयदेखि सत्तारुढ दल नेकपा एमालेभित्र देखिएको आन्तिरक विवाद मिल्ने धेरैको अनुमान रहेको छ । यो बीचमा बुधबार साँझ प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको छलफललाई सकारात्मक भयो ।

पूर्वमन्त्री गोर्कण विष्टले हिजोको भेटलाई कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको प्रतिकृया दिनु भएको छ । सामाजिक सञ्जालमार्फत विलियम शेक्सपियरको, ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ’ भन्ने वचनलाई उदृधत गर्दै यस्तो आशा राख्नु भएको हो ।

उहाँले लेख्नु भएको छः हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ ।

विलियम शेक्सपियरले भनेजस्तै – “जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।” जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ ।

हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन । आज नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।

सम्बन्धित खबरहरु