एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा हरेक समय चर्चामै हुने गर्छिन । केहीदिनअघिमात्रै उनी ४ मिनेटको प्रस्तुतिका लागि सर्वाधिक १ करोड २५ लाख रुपैयाँ लिएर सबैभन्दा बढी लिने नायिकाको रुपमा चर्चामा आएकी थिइन् । उनले अहिले ट्विटरमार्फत आफ्नो नयाँ लुक सार्वजनिक गरेकी छन् । यसमा प्रियंकाले सोनाक्षी सिन्हाको जस्तो छोटो कपालमा देखिएकी छन् । जुन फोटोमा उनी रातो लिपस्टिक लगाएकी र केही निराश जस्तो देखिन्छिन् । यो भन्दा पहिले उनले सन् २०१० मा ‘अंजाना–अंजानी’ का लागि छोटो कपाल बनाएकी थिइन् ।

सम्बन्धित खबरहरु