काठमाडौं । नेदरल्याण्ड्सलाई हराउँदै नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४३ रनले हराएर नेपाल विजेता भएको हो ।

नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्बाधिक ठूलो जित हो । यसअघि नेपालले साग खेलकुदमा भुटानमाथि १४१ रनको जित हात पारेको थियो ।

सम्बन्धित खबरहरु