काठमाडौ । नेपालमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यसको ग्राफ ह्वात्तै बढेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा १४९८ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सम्बन्धित खबरहरु