बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिएको छ । टिपरको ठक्करबाट दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । टिपरको ठक्कर भएको स्थानमा स्थानीयहरु आक्रोशित बनेका छन् । त्यहाँ प्रहरी परिचालन गरिएको छ । केही समय स्थिती तनावग्रस्त बनेको थियो ।

 

सम्बन्धित खबरहरु