काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को खत्तरालाई हेर्दै सुरक्षा मापदण्डहरुको पालना गराउन सेना सडकमा आएको छ । पाकिस्तानी सेनाका जवानहरूले कोरोना एसओपीहरूको कार्यान्वयन सुनिश्चित गर्न प्रहरी र जिल्ला अधिकारीहरू सहित पेशावर सडकहरूमा गस्ती गरेका हुन् ।

अधिकारीहरूले मापदण्ड विपरीत सञ्चालन भइरहेका १०० भन्दा बढी पसलहरू बन्द गरेका छन् । जानकारी अनुसार कोरोना मापदण्डहरु पालना नगर्ने ३०० भन्दा धेरै व्यक्तिहरुलाई नियन्त्रणमा पनि लिइएको छ ।

कोभिड–१९ सावधानीका उपायहरूको उल्लंघन गरेको आरोपमा अधिकारीहरूले पेशावरको सद्दार, युनिभर्सिटी रोड, हयातबाद, कोहट रोड र चारसद्दा रोडमा छापा मारेका हुन् ।

तीन बेकरीहरू, र स्कोर आइसक्रीम र जुस पसलहरूमाथि कोरोना मापदण्डहरु हननको उल्लंघनमा सिल गरिएको हो । प्रहरीले २० जनाविरुद्ध नियम उल्लंघन गरेको आरोपमा गुज्रानवालामा मुद्दा हालेको छ भने २२ वटा पसल सील गरी १४ वटा गाडीलाई चलान काटेको छ ।

पाकपट्टनमा ५२ वटा पसल र २० भोजनालयहरूलाई सिल गरिएको छ । गृहमन्त्री शेख रशीद अहमदले आज सिन्ध प्रान्त बाहेक सबै राज्यहरुमा सैनिक सडकमा निस्केको जानकारी दिएका छन् । उनका अनुसार सिन्धमा पनि चाँडै सेना परिचालन गर्न लागिएको छ ।

कोभिड–१९ स्थितिलाई ध्यानमा राख्दै प्रशासनलाई सहयोग पुर्‍याउन सशस्त्र बलको तैनाथी गरिएको उनले बयान भिडियोमार्फत जारी गरेका छन् । गृहमन्त्री अहमदका अनुसार प्रधानमन्त्री इमरान खानले सेना खटाउने निर्णय घोषणा गरेपछि सेना परिचालन गरिएको धनेका छन् । सिन्ध प्रान्तले पनि सेना परिचालनका लागि संघीय सरकारलाई पत्र लेखेको छ ।

सम्बन्धित खबरहरु