काठमाडौ । कोभिड(१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिन सिफारिश गरेको छ ।

यो निर्णय आजको मन्त्रीपरिषद्को बैठकले गर्नेछ । सिफारिशमा पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिश गरिएको एक अधिकारीले जानकारी दिए । बैठकपछि भोलि लकडाउन निर्णय लिइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

सम्बन्धित खबरहरु