काठमाडौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठक भर्खरै सकिएको छ । बैठकले सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् । कास्कीमापनि कर्फ्यू जारी भएको छ ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु