काठमाडौ । गाडी छैन र बाटोको अवस्था राम्रो छैन भने आफूले उत्पादन गरेका कृषि सामग्री बजारसम्म पुर्‍याउन तथा आफ्ना केटाकेटीलाई विद्यालय पठाउन गाह्रो हुन सक्छ। उसोभए के साइ‍कलले केही भिन्नता ल्याउन सक्छ त ?

जाम्बियाका गाउँले मानिसहरुमा एउटा साइकलले जीवन नै उज्यालो बनायो । उनीहरुले नयाँ साइकल ल्याए र त्यो साइकलबाट कमाइ तीनगुणा बृद्धि गरे । छोराछोरीलाई स्कुलसम्म पुर्याए । दुर्घम ठाँउ भएकाले विद्यालय निक्कै टाढा थियो । उनीहरु छोराछोरीलाई स्कुल पठाउन सकेका थिएनन् ।

दुर्गम गाउँ न्यून आय भएकाहरुलाई सस्तोमा साइकल बेच्ने कार्यक्रम चल्यो । सस्तोमा पाएपछि गाउँलेले साइकल किने । जाम्बियाकी अनिक लिबिन्डा गाइपालन गर्ने कृषक हुन् । विगतमा उनले ७ किलोमिटर टाढा दुध बोकेर बेच्न जानु पर्दथ्यो ।

आफूले उत्पादन गरेजति सबै दुध बोकेर लैजान सक्दिन थिइन् । अहिले उनी थोरै समयमा धेरै दुधको भाँडा साइकलमा राखेर बेच्न लैजान सक्छिन् । यसैले उनको कमाइ अहिले तीनगुणा बढेको छ ।

पहिले दिनमा ९ देखि १३ डलर मात्र कमिन्थ्यो । अहिले ४५ डलर कमिन थालेको छ । यति मात्र हैन साइकल किन्दा मोबाइल फोनपनि पाइन्छ । सानातिना किस्ता मोबाइल फोनबाट नै तिर्न सकिन्छ ।

अब उनलाई ऋण पत्याउन थालिएको छ । केही गाई थप गरेर झनै राम्रो व्यबसाय बनाउने उनको आँट छ । यो पूर्व टेलिकम अधिकृत वाइसन लुङ्गुको हो । अहिले अनिक लिबिन्डा सबैको प्रेरक स्रोत बनेकी छिन् । उनी भन्छिन् काम गरेर खाने हो भने समाजले हेला होचो गर्ने नराम्रा पेसामा लाग्नै पर्दैन । अहिलेपनि जाम्बियाका धेरै छोरी चेलीहरु इज्जत फ्यालेर गलत काम गरिरहेका छन् । राम्रो काम र मेहनत गरेमा कमाउन गाह्रो छैन । बीबीसी

सम्बन्धित खबरहरु