काठमाडौ । बहुप्रतिष्ठित मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । यो आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि हुनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा सिन्धुपाल्चोकवासी सबैले आवेदन दिन सक्ने छन् । कम्पनीले ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ ९साविकको लिस्ती र मार्मिंग गाविस० , बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६, ७, र ८ ९साविकको गाती, घुम्थाग र मानेश्वरा गाविस० का स्थानीयलाई छुट्याईएको छ । सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता शेयर छुट्याईएको छ ।

यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ। काठमाडौँमा रहेका सिन्धुपाल्चोकवासीलाई काठमाडौँबाट समेत आवेदन दिन सक्ने ब्यबस्था कम्पनीले गरेको छ ।

आईपिओ निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक र नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीमा चिलिमेको मुख्य लगानी छ ।

 

सम्बन्धित खबरहरु