काठमाडौ । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट सहित दोस्रो लहरले भारतलगायत नेपालमा व्यापक असर पारिरहेको छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण भारतमा धेरै बिरामीको मृत्यु भइरहेको छ । नेपालमापनि बिरामीको अवस्था नाजुक छ ।

यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् । डाक्टरले सास फेर्न समस्या हुँदा अस्पताल आइहाल्न आवश्यक नभएको बताइरहेका छन् । केही नयाँ उपायहरु दिएका छन् ।

घरमा अक्सीमिटर किन्नुहोस् । त्यो कम्पनी अनुसार १५ सयदेखि माथीको मुल्यमा किन्न पाइन्छ । बेलाबेला अक्सीमिटरमा आफै अक्सिजन लेवल जाँच गर्नुहोस् । यदि अक्सीमिटरमा अक्सिजनको स्तर लगातार ९० भन्दा मुनी देखिएको छ भने मात्रै अस्पताल जानुहोस् । यसका साथै जसलाई सास फेर्न समस्या भइरहेको छ, उनीहरुले केही विशेष कुरालाई ध्यानमा राख्न आवश्यक छ । अक्सिजनको स्तरपनि बढ्नेछ ।

वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा अक्सिजनको कमी हुँदा ग्यास स्टोभ, मैनबत्ती, बिजुली वा ग्यास हिटरजस्ता चिजबाट ५ फिट टाढा बस्नुहोस् । यस्ता चिजहरु नजिक आउँदा तपाईंको समस्या बढ्नसक्छ ।

पेन्ट थिनर, एरयोसोल स्प्रे, क्लिनिङ फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सको फिटिक्कै प्रयोग नगर्नुहोस् । यसका साथै पेट्रोलियम, ओयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता कुनै पनि उत्पादनलाई छाती वा शरीरको कुनै पनि हिस्सामा नलगाउनुहोस् ।

यदि सास फेर्न अलिकति पनि समस्या भइरहेको छ भने बिर्सेर पनि धुम्रपान नगर्नुहोस् । यस्तै, धुम्रपान गर्नेहरुबाट धेरै टाढा बस्नुहोस् । यसका साथै घरमा प्रयोग हुने केमिकलबाट बनेका बास्नादार अगरबत्ती वा धुपबत्तीको धुँवाको सम्पर्कमा पनि नआउनुहोस् ।

यदि तपाईं अक्सिजन कन्सनटेटर्सको प्रयोग गरिरहनुभएको छ भने आफ्नो झ्याल ढोका खोलेर राख्नुहोस् । अक्सिजन कन्सन्टेटर्सले वरिपरीको हावालाई जम्मा गरेर अक्सिजन बनाउँछ । कन्सन्टेटर्सले हावाबाट नाइट्रोजन निकालेर अक्सिजन बनाउने काम गर्छ र त्यसलाई बिरामीसम्म पुर्याउने गर्छ । ताजा हावा पाउँदा कन्सनटेटर्सले आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

बोटबिरुवा हामी मानिसभन्दा ठिक विपरित हुन्छन् । यसले कार्बन डाइअक्साइड लिएर अक्सिजन उत्सर्जित गर्छ । यदि तपाईं होम क्वारेन्टिनमा हुनुहुन्छ भने आफ्नो कोठामा केही राम्रा इन्डोर प्लान्टको व्यवस्था गर्नुहोस् । यस्तो गर्दा तपाईं स्वच्छ हावाबीच रहनुहुनेछ ।

केही विशेष व्यायामले पनि हाम्रो रेस्पिरेशन एबिलिटीलाई दुरुस्त गर्न मद्दत गर्छ । जतिजति तपाईंको ब्रिदिङ रेट बढ्नेछ तपाईंको फोक्सोमा जाने अक्सिजनको लेभल पनि बढ्दै जान्छ । त्यसैले विज्ञको सल्लाहमा यस्तै व्यायाम नियमित रुपमा गर्नुहोस् ।

यस्तो स्थितिमा शरीरलाई डिहाइड्रेट हुन नदिनुहोस् । पानीको वैज्ञानिक सूत्र एचटुव हो । यहाँ ओ को अर्थ अक्सिजन हो । शरीरमा पानीको पर्याप्त मात्राले रगतमा अक्सिजनको कमी हुन दिँदैन ।

दैनिक नियमित रुपमा ध्यान गर्नुहोस् । आफ्नो सासमा ध्यान केन्द्रीत गर्नुहोस् । दिनमा केही मिनेटसम्म लामो सास फेर्दा यसले तपाईंलाई फाइदा पुर्याउँछ । यसो गर्दा शरीरका अंगले राम्रोसँग अक्सिजन पाउँछ नै तनाव पनि कम हुनेछ ।

अक्सिजनयुक्त खाद्य पदार्थले पनि शरीरमा अक्सिजनको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । तपाईंले धेरैभन्दा धेरै हरियो सागसब्जी र फलफूलको सेवन गर्नुपर्छ । तपाईं केरा, ब्रोकली र अजवाइनजस्ता चिजलाई खानामा समावेश गर्नुहोस् ।

खानामा लो सोडियम डाइटको सेवन गर्नुहोस् । यस्ता डाइटले मृगौला र रगतमा जाने अक्सिजेनेशनलाई बढाउने काम गर्छ । यसका साथै, धेरै समस्या बढ्दा डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

 

सम्बन्धित खबरहरु