काठमाडौं । कोरोना एसओपी उलङ्घन गर्ने स्वास्थ्यमन्त्रीविरुद्ध उजुरी दर्ता भएको छ । पाकिस्तानको खैबर पख्तूनख्वा राज्यको राजधानी प्रहरीले मंगलबार कोरोना एसओपी उल्लङ्घन गरेको आरोपमा राज्यका स्वास्थ्यमन्त्री तैमूर सलीम झागराबिरूद्ध पहिलो एअफआईआर दर्ता गरेको हो ।

झागराले पेशावरको एक रेस्टुराँमा सत्तारुढ पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) कार्यकर्ताहरूको लागि इफ्तारको डिनर आयोजना गरेका थिए । पाकिस्तानमा अहिले कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ ।

सबैभन्दा खराब स्थितिमा कोभिड–१९ सम्बन्धी कडा एसओपीहरूलाई खुल्लमखुल्ला मन्त्रीले नै उडाउन खोजेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । स्वास्थ्यमन्त्री लगायत प्रायः उपस्थितिहरूले मास्क लगाएका थिएनन् । उनीहरुले सामाजिक दुरीजस्ता नियमहरू पनि उल्लंघन गरेको पाइएको छ ।

इफ्तर डिनरको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि अधिकारीहरूले रेष्टुरेन्ट पनि बन्द गर्दिएका छन् ।

सहायक कमिश्नर आदिल अय्यूबको निवेदनमा पीटीआई नेता, रेष्टुरेन्ट व्यवस्थापक र त्यसको मालिकबिरूद्ध पनि मुद्दा दर्ता गरिएको छ । अय्यूबले कोही पनि कानून भन्दा माथि नभएको भन्दै कानुन उल्लंघन गर्ने सबैलाई सजाय हुने बताएका छन् ।

अर्कोतिर पाकिस्तानमा सेनाले कोभिड–१९ एसओपीहरूको कार्यान्वयन सुनिश्चित गर्न स्थानीय प्रशासनसँगै पेशावर सडकहरूमा गश्ति गरिरहेको छ ।

सदर, युनिभर्सिटी रोड, हयताबाद, कोहट रोड, र चारसदा रोडमा छापा मार्दा अधिकारीहरूले १०० भन्दा बढी पसलहरू सील गरेका थिए । कोरोना एसओपीको उल्लङ्घन गरेको आरोपमा झन्डै ३०० जनालाई पक्राउ दिनमा पक्राउ गरिएको थियो ।

 

सम्बन्धित खबरहरु