काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को कहरले अब नेपालपनि अछुतो छैन । नेपालमै यस्तो हृदय विदारक घटना भयो की थाहा पाउने जोकोहीको ह्दय रसाउछ । आफ्नो परिवार भित्रै छोरीको विवाह हुने दिनमै किशोर छोरा गुमाएकी आमाले विवाह नरोकियोस् भनेर छोराको मृत्युको खबर समेत गोप्य राखिन् । यो सुन्दा कसको मुटु भक्कानिन्न र ।

कोरोनाले आफ्नो १५ वर्षको छोरा गुमाएकी दाङ गढवा गाउँपालिका वडा नं ६ की एक महिलाले यस्तो गरेकी हुन् । आफ्नो एक मात्र छोरा कोरोनाले गुमाएपछि पनि उनले अरुको भलाईका लागि त्यती ठूलो पिडा एक्लै सहेर बसिन् ।

लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भयो । यता दाङमा विधानको माइला बुवाको छोरीको विवाह थियो । उनले आफ्नो देवरको छोरीको विवाह नरोकियोस् भनेर छोराको मृत्यु पनि लुकाइन् । विद्यालयमा टाउको दुख्यो भनेपछि उनलाई वैशाख ६ गते घर पठाइएको थियो । प्रधानाध्यापक कुलचन्द्र पौडेलका अनुसार कक्षा ९ मा पढ्ने विधान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए।

वैशाख ७ गते मात्रै बुटवल उपचारका लागि आमाले लिएर गइन् ८ गते कोरोना पुष्टि भयो । वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्।उनको शुक्रबार बिहानै त्यहीँ निधन भइसकेको थियो। विधान परिवारका एक्ला छोरा हुन्।

उनीकी बहिनी विधाता छिन्। बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन् । विधानको निधन भएकै दिन यता विधानका माइला बुवाकी छोरीको विवाह भयो । आमाले विवाह प्रभावित नहोस् भनेर आफ्नो छोराको मृत्युको खबर पनि उनीहरुलाई दिइनन् ।

विवाह सकिएर जन्ती गइसकेपछि मात्र उनले विवाहको खबर दिएकी थिइन् । ‘विधान त बिहान १ बजेतिर नै बितिसकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र जन्ती हिँडिसकेपछि मात्रै छोराको मृत्युबारे खबर दिनुभयो’ प्रधानअध्यापकले भने ।

 

सम्बन्धित खबरहरु