एजेन्सी । विश्वव्यापि महामारी कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको कहर दुनियाँमा अपत्यारिला हुँदैछन् । धेरैले ज्यान गुमाइरहेका छन् भने अधिकांशको दैनिकी, पेसा, व्यवसाय धरापमा परेको छ । धेरैको गुमेको छ । कोरोनाले मानिसको जीवनमा नराम्रो प्रभाव पारिरहेको छ ।

कोरोनाकै कारण विश्वका मानिसहरुको रोजीरोटी गुमेको छ । खाना नपाएकै कारण मानिसको मृत्यु भइरहेको छ । बाँच्नको लागि उस्ले जस्तो सुकै संघर्ष गर्न परिरहेको हुन्छ । परिस्थिति अनुसार उस्ले आफुलाई बदलि रहेको हुन्छ । जस्ले परिस्थिति अुनसार जीउन जान्दछ त्यसले मात्रै जीवन जीउन सक्दछ ।

कोरोना महामारीकै कारण जब जीवनमा प्रभाव पर्न शुरु भयो त्यो प्रभावबाट बच्नकोलागि रुसमा एक पाइलटले आफ्नो जीवनलाई नै बदल्दिएका छन् । उनी पाईलटबाट अहिले फूड बिक्रेता बनेका छन् । ती फुूड बिक्रेता रुसका एक जवान पाइलट रोम हुन् । रोमले आफ्ना दुई तस्बिर रुसको सोसल मिडिया प्लेटफर्म पिकाबूमा सेयर गरेका थिए । जुन यतिबेला सोशल मिडियामा निकै नै चर्चित भइरहेको छ ।

रोमनको एउटा तस्बिर सन् २०१९ को हो र अर्को सन् २०२० को । यो तस्बिरको सहारा लिएर रोमन यो देखाउन चाहन्थे कि उनको जीवन एक वर्षमा परिवर्तन भइसकेको छ । एक वर्ष अघिसम्म रोमन पाइलट थिए र आजको समयमा उनी घर–घरमा खाना पुर्याउने काम गर्छन् । रोमले बोर्ड पान्डासँगको कुराकानीमा आफू २३ वर्ष पुगेको र पछिल्लो तीन वर्षदेखि पाइलटको रुपमा काम गरिरहेको जानकारी दिए ।

सो कुराकानीमा उनले भने, ‘गत वर्ष मैले करिब ९ण् देखि सय घण्टाको उडान भरेको थिएँ तर यस वर्ष १४० घण्टाको मात्रै उडान भर्न पाएँ । म अहिलेपनि एयरलाइन पाइलटको रुपमा काम गरिरहेको छु तर औसतमा मैले एक महिनामा एक फ्लाइट उडाउने मौका पाउँछु । यसको अर्थ यो हो कि लगभग पूरा महिना म खाली हुन्छु ।’

रोमनले थपे, ‘यसैकारण मैले खाली समयमा एभिएसनको स्पेयर पार्टस्को पसलमा सेल्स एजेन्टको रुपमा काम गर्ने निर्णय गरेँ र विकेन्डमा फुड डेलिभरीको काम गर्छु । इमान्दारीपूर्वक भन्नु पर्दा मलाई यो काम गर्न कुनै समस्या छैन ।

एक हप्ता कम्प्युटर अगाडि बिताएपछि तपाईंले शहर घुम्ने मौका पाउनुहुन्छ, मानिसहरु देख्न पाउनुहुन्छ र खाना डेलिभरी गर्ने बेला तपाईंले आफूलाई मनपर्ने गीत पनि सुन्न सक्नुहुन्छ । त्यसैले मलाई यसमा खासै समस्या छैन ।’

 

सम्बन्धित खबरहरु