काठमाडौ । नेपाल सरकारले देशभरका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गनुपर्ने बताउनुभयो ।

कोही भ्रममा परेको देखियो, दुर्गममा नगर्ने हो की भन्ने बुझियो त्यसो हैन सरकारको निर्णय एकरुपता हुन्छ भ्रममा नपर्नुहोस् उहाँले भन्नुभयो । उहाँले कोरोना भाइरसको जोखिम बढेकाले विद्यालयहरू बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु