काठमाडौ । आज राति १२ बजेपछि काठमाडौ उपत्यकामा निषेधाज्ञा (कर्फ्यू) आदेश लागू हुँदैछ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।

निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको छ । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएको छ । बैंकका एटीएम भने साविककै जस्तै खुला रहने छन् ।

 

सम्बन्धित खबरहरु