काठमाडौं । आज काठमाडौ उपत्यकामा मात्रै दुई हजार बढी कोरोना संक्रमित थपिएका छन् । बुधबार नेपालमा चार हजार ८ सय ९७ जना कोरोनाभाइरस नयाँ संक्रमित थपिदाँ काठमाडौ उपत्यकामा मात्रै दुई हजार बढी कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र बुधबार २ हजार ४७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टीजेन परीक्षण भएको थियो । जसमा पीसीआर परीक्षण ४७ सय ७४ र एन्टीजेन परीक्षणमा १२३ जनालाई पोजेटिभ देखिएको हो । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा १४ सय ६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

सम्बन्धित खबरहरु