काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अनुसन्धान निर्देशनालय, कीर्तिपुरको महत्वपूर्ण सूचना प्रकाशित भएको छ । अनुसन्धान कोष अन्तर्गतका सहकार्यात्मक र शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव आव्हानको सूचना जारी भएको हो ।

सुचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालय, त्रि.वि.कीर्तिपुरद्वारा आ.व. २०७७–७८ को कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुवाटसहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रवन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रि.वि. शिक्षक, विद्यार्थी–शोद्यार्थीहरुबाट मिति २०७८–२–१४ गते दिउँसो ४ः०० बजे भित्र यस निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव आव्हान गरिएको व्यहोरा सबन्धित सवैलाई जानकारी गराइन्छ ।

अनुसन्धानको मापदण्ड–निर्देशिका एवं त्यस सम्बन्धि विस्तृत जानकारी त्रि.वि.को वेभसाइट www.tu.edu.np वाट प्रप्त गर्न सकिने छ । सहकार्यात्मक अनुसन्धान परियोजना अन्तर्गत विभाग र क्याम्पसका वहालवाला स्थायी शिक्षकहरु र त्यस अन्तर्गतका विद्यार्थी–शोद्यार्थीहरुलाई संलग्न गराई राष्ट्रिय महत्वका सवालहरुमा अन्तरविषयक–बहुविषयक दृष्टिकोणवाट बृहत अनुसन्धान गर्नुपर्ने छ ।

शोधप्रवन्ध अनुदान परियोजना अन्तर्गत विभाग र क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थी–शोद्यार्थीहरुले स्नात्तकोत्तर, एम फिल र विद्यावारिधि उपाधिको लागि गरिने शोद्य कार्यलाई प्रभावकारी बनाइ साना अनुसन्धानको माध्यमबाट ज्ञान निर्माण तथा नितिगत सुधारका लागि विद्यार्थी–शोद्यार्थीहरुको योगदानलाई स्थापित गर्ने उद्देश्य अनुरुप यो परियोजना संचालन गरिएको छ ।

 

सम्बन्धित खबरहरु