पोखरा । बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराकै एक अस्पतालको कोभिड वार्डमा भेटिनुभएको छ । उहाँ हराएको भन्दै संसदमा सूचना गएपछि बैठक नै स्थगित भएको थियो ।

उहाँ चरक अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा रहेको स्रोतले जनाएको छ । उहाँ सम्पर्कमा नआएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । अब बैठक के हुन्छ भन्ने एकिन भएको छैन ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु