काठमाडौं । फ्रन्ट लाइनमा रहेर काम गर्ने नेपाल प्रहरी पनि कोरोनाको शिकार बनेको छ । प्रहरी प्रधान कार्यालयका ४० जना अधिकारी कोरोना भाइरसको चपेटमा आएका हुन् ।

प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको जनाइएको छ । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना संक्रमण फैलिएको थियो । जानकारी अनुसार अहिले देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ ।

तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

सम्बन्धित खबरहरु