काठमाडौं । बलिउड अभिनेत्री कंगना राणावत सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी विभिन्न विषयहरुमा स्पष्ट धारणा राख्ने गर्छिन् । यो बीचमा कंगना राणावत पुनः चर्चामा आएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै कोरोना महामारीबारे केहि जानकारी दिएकी छिन् ।

भिडियोमा उनले भारतभर फैलिरहेको कोरोना महामारीको बारेमा कुरा गरेकी छिन् । कंगनाले मानिसहरूलाई भिडियोमा कोभिड–१९ को खोपका बारे सचेत गराएकी छिन् ।

कंगना राणावतले आफ्नो इन्स्टाग्राम खातामा एक भिडियो साझा गरेकी छिन् । उनले कोरोना बिरूद्ध लड्न खोप लिन सबैसँग अपील पनि गरेकी छिन् । उनले सामाजिक सञ्जालमा प्रसारित कुनै पनि अफवाहमा विश्वास नगर्न पनि अपील गरेकी छिन् ।

उनका अनुसार अफवाहको कारण उनका धेरै कर्मचारीले खोप लिन चाहेनन् तर उनले सबैलाई विश्वास दिलाइन् । अहिले उनीहरूको खोप दर्ता गरिएको छ । यस भिडियोमा उनले भनिन्, ‘एक मितिमा, म परिवार र सबै स्टाफको साथ जाँदैछु ।’ सबैलाई कोरोना खोपका लागि रजिष्ट्रर गर्न पनि अनुरोध गरेकी छिन् ।

सम्बन्धित खबरहरु