काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुवै जनाको लाश फेला पारिएको छ । निर्माणाधीन पुल भत्किँदा हराइरकेका उनीहरूमध्ये एकको लाश बुधबार र अर्काको बिहीबार फेला परेको हो ।

बिहीबार भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको लाश फेला पारिएको हो । भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँच्चिँदा दुई बेपत्ता भएका थिए ।

निर्माणाधीन अवस्थामा रहेको पुलमुनि लाश भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निकालेको लाश भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनाकै दिन पुल निर्माणमा खटिएका अर्का एक कामदारको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु