महेन्द्रनगर । कञ्चनपुरमा थप तीनजना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

यस्तै एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

 

सम्बन्धित खबरहरु