पोखरा । नेकपा एमाले नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारको मन्त्री पदमा दीपक मनाङ्गे नियुक्त भएका छन् । उनले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।

यसअघि प्रदेश सरकारले युवा तथा खेलकुदसम्बन्धी योजना तथा कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत् गर्दै आएको थियो। प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन छिन्।

 

सम्बन्धित खबरहरु