काठमाडौ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज मोरङ्ग जिल्लामा तैनाथ श्री भैरव गण तथा श्री कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ श्री देवीबक्स गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

साथै, उँहाले मिति २०७८ वैशाख १७ गते ईलाम, झापा तथा उदयपुरमा तैनाथ क्रमशः श्री पशुपति प्रसाद गण, श्री नयाँ श्रीनाथ गण र श्री रणशार्दुल गणको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको छ । उहाँ हेलिकोप्टरमा जानुभएको थियो ।

 

सम्बन्धित खबरहरु